नयाँ बर्षको पहिलो दिनमै नेप्से परिसुचक साढे ४५ अंकले ओरालो, लगानीकर्ता निराश

आईतवार, बैशाख ३, २०७४ साल,
काठमाडौं । नयाँ बर्षको पहिलो दिनको सेयर कारोबार लगानीकर्तामा एक्कासी आएको निराशाबाट प्रभावित भएको छ । प्रायः सबै कम्पनीहरुमा बिक्रीमा चाप परेपछि कारोबार रकम घट्नुका साथै सेयर मुल्य समेत घटेर समग्र परिसूचक साढे ४५ अंकले तल झरेको छ ।

बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से कारोबार बन्द हुने समयसम्म ४५.५२ अंकले झरेर १६५१.६१ विन्दुमा पुगेको छ । यसदिन सबैभन्दा धेरै बीमा समूहमा ३२२ अंकको गिरावट आएको छ । वाणिज्य बैंक समूह लगायतमा सबै समूहमा उच्च गिरावट देखिएको छ ।

१३५ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब २१ करोड बराबरको सेयर किनबेच भयो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा २७ करोड कम हो ।

४५ अंक बढीले बजार बढ्दा बजार पूँजीकरण ६६ अर्बले घटेको छ । आइतबार बजार पूँजीकरण १८ खर्ब ९८ अर्ब कायम भएको छ । गत विहीबार बजार पूँजीकरण १९ खर्ब ६४ अर्ब रहेको थियो ।

यसदिन एनसीसी बैंकको सबैभन्दा धेरै ८ करोड ४१ लख बराबरको सेयर किनबेच भयो । ५० प्रतिशतको हकप्रदको प्रस्ताव राखेर बैंकले साधारणसभा बोलाएपछि कारोबार उच्च भएको हो । कारोबार बढेपनि बैंकको सेयरमूल्य भने साढे तीन प्रतिशतले घटेको छ ।

त्यस्तै गुराँस लाइफको पनि ५ करोड २१ लाख बराबरको कारोबार भयो । राष्ट्रिय बीमा कम्पनी, प्राइम लाइफ र कालिका माइक्रो क्रेडिटको पनि चार करोड बढीको सेयर किनबेच भयो ।

बजार उच्च अंकले घट्दा पनि गोर्खाज फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी नौ प्रतिशतले उकालो लागेको छ । दुई कम्पनी गाभिएर सेयरबजारमा आएको यो कम्पनीको सेयरभाउ कारोबार खुलेदेखि नै बढेको छ । तीन आर्थिक बर्षको बोनस घोषणा गरेर साधारणसभा बोलाएको राष्ट्रिय बीमा कम्पनीको पनि सेयरमूल्य पाँच प्रतिशतले उकालो लागेको छ । हाम्रो विकास बैंक, सेति फाइनान्स, नयाँ नेपाल लघुवित्त, बुटवल पावर कम्पनी लगायतका कम्पनी कमाउनेमा परे ।

आइतबारको ग्रिन डेभलपमेन्ट बैंक, महिला सहयात्रा, सूर्यालाइफ, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स लगायतका कम्पनी धेरै गुमाउनेमा परे ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411