​आफ्नै लगानीमा स्थानीयले बनाए आठ किमी सडक

बिहीवार, चैत्र ३१, २०७३ साल,
म्याग्दी  । म्याग्दीको मङ्गला गाउँपालिका–५ बरञ्जाको धापुङवासीले गाउँलेकै लगानीमा गाउँसम्म सडक सञ्जाल विस्तार गरेका छन् । बेनी–बरञ्जा हुँदै झाँक्रेपानी जोड्ने सडकले आफ्नो गाउँलाई नछुने भएपछि महेश–धापुङवासीले सामूहिक लगानीमा गाउँमा मोटरबाटो पुर्‍याएका हुन् ।

महेश–धापुङका अगुवा प्रेम चोचाङ्गीले कतैबाट सहयोग नपाउने भएपछि प्रतिघर रू पाँच हजारका दरले चन्दा उठाएर र श्रमदानसहित सडक विस्तार गर्ने अभियानबाट गाउँमा सडक निर्माण गरेको बताए । बरञ्जाको दहबाट धापुङवासीले श्रमदान र सामूहिक लगानीमा आठ किमी सडक खनेर गाउँसम्म सडक पुर्‍याएका हुन् । बाटो खन्न गाउँका युवा राति २ बजेसम्म खटिएको र महिलाले उनीहरुलाई खाजा र खानाको व्यवस्था गरेको अगुवा चोचाङ्गीको भनाइ छ । 

सडक निर्माण गरी यातायात सञ्चालनमा आउन थालेपछि स्थानीय एक सय नौ घरधुरी लाभान्वित बनेका छन् । सडक निर्माणमा कतार, साउदी अरब, मलेसियालगायत देशमा रहेका स्थानीयवासीले रू। पाँच लाखभन्दा बढी सहयोग गरेको स्थानीय युवा उमेश विकले बताए । 

गाउँसम्म सडक पुगेपछि आवत–जावत गर्न र स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा सहज भएको  स्थानीयवासी नरमायाँ पुनले बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411