फलाम खानी उत्खनन गर्न सरकारको तयारी, नेपाल आगामी ३० वर्षसम्म आत्मनिर्भर हुने पक्का

बिहीवार, चैत्र ३१, २०७३ साल,
नवलपरासी  । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नवलपरासीको धौवादीमा रहेको फलाम खानीको उत्खनन कार्य अगाडि बढाउन सरकार लागिपरेको बताएका छन् ।

बुधवार खानी क्षेत्रको स्थलगत निरीक्षणका लागि विकट पहाडी हुप्सेकोट गाउँपालिका धौवादी पुगेका मन्त्री जोशीले निरीक्षणपछि मन्त्री जोशीले एक वर्षभित्रै फलाम खानी उत्खनन गर्ने बताए । उनले सरकार र निजी क्षेत्रलाई समेत हातेमालो गरी छिटोभन्दा छिटो उत्खनन कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । य

स क्षेत्रमा ३० करोड टनभन्दा बढी फलामको सम्भावना भेटिएको अध्ययनमा सहभागी भूगर्भविद् नारायण बास्कोटाले जानकारी दिए । अध्ययनका क्रममा यस क्षेत्रमा २८ प्रतिशतदेखि ५८ प्रतिशतसम्म फलामको मात्रा भेटिएको छ । करीब १० किलोमिटर क्षेत्रमा फैलिएको खानीलाई पाँच ओटा क्षेत्रमा विभाजन गरी पाँच स्थानमा उत्खनन गरिने छ ।

खानी उत्खनन भएमा नेपाल ३० वर्षसम्म फलाममा आत्मनिर्भर बन्नेछ । नेपालकै सबैभन्दा ठूलो फलाम खानी भेटिएको यस क्षेत्रमा खानी तथा भूगर्भ विभागले एक वर्षदेखि लगातार अनुसन्धान गरिरहेको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411