युनाइटेड मोदीको आइपीओ बाँडफाँड, कसले कति पाए ?

बिहीवार, चैत्र ३१, २०७३ साल,
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको साधारण सेयर आइपीओ बाँडफाँड विहीबार भएको छ ।

कम्पनीको १७ लाख २५ हजार कित्ता आईपीओमा कुल ९७ हजार एक सय ५५ जनाले आवेदन गरेमध्ये ६५ हजार पाँच सय आठ जनाले कम्पनीको सेयर पाएका छन् । एक हजार दुई सय ३० आवेदन रद्ध भएको छ ।

बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले लगानीकर्ताहरुलाई तीन तहमा आधार मानेर सेयर बाँडफाँड गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७ कित्तासम्म पाएका छन् । पाँच हजारदेखि ३३ हजार रुपैँयाको ३३० कित्ताको आईपीओ आवेदन गरेका लगानीकर्ताले गोला प्रथाबाट १० कित्ता सेयर पाएका छन् ।

त्यस्तै ३४० कित्तादेखि माथि आवेदन गर्ने सबै लगानीकर्ताले सेयर पाएका छन् । ३४ हजारदेखि ५० हजार रुपैँयासम्म आवेदन गरेका लगानीकर्ताले २.८० प्रतिशतका दरले सेयर पाए भने ५० हजार रुपैँयाभन्दा बढि आईपीओमा लगानी गर्ने लगानीकर्ताले २.२४ प्रतिशतका दरले सेयर प्राप्त गरेका हुन् ।  ५०० कित्ता आवेदन गरेकाले १४ कित्ता तथा १५ हजार कित्ताका लागि लगानी गरेका लगानीकर्ताले अधिकतम ३३७ कित्ता सेयर पाएका हुन् ।

कम्पनीले ३४ हजार ५०० कित्ता सेयर कर्मचारी र ८६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । ६५ हजार ४५४ जना सर्वसाधारण, ७ वटा सामूहिक लगानि कोष, ४७ जना कर्मचारी कम्पनीको सेयरधनी बनेका छन् ।

कम्पनीको सेयर एनआइबीएल क्यापिटलको कार्यालय लैनचौरमा बिहान ९ बजे बाँडफाँड गरिएको हो । कम्पनीले सेयर नपरेको रकम बैशाख ५ गतेदेखि फिर्ता गर्ने जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411