शेयर बजारमा २ अर्ब ७ करोड रुपैयाको कारोबार हुँदा परिसुचक ७ अंकले ओर्लियो

बुद्धबार, चैत्र ३०, २०७३ साल,
काठमाडौं । बुधबार सेयर बजार अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ अंकले ओर्लिएर १७ सय ३ अंकमा कायम भएको छ। कारोबार खुलेदेखि बढ्दै गएको नेप्से २ बजेर २३ मिनेट जाँदासम्म १७ सय ३७ अंकमा पुगेको थियो।
 
यस दिन बैंकिङ, जलविद्युत र बिमा समूह ओर्लिएका छन्। तिबाहेकका सबै समूह बढेका छन्। बैंकिङ ११, जलविद्युत ६ र बिमा १४० अंकले घटेका छन्। होटल २३, विकास बैंक १९, फाइनान्स ६, उत्पादन २३ र अन्य समूह ८ अंकले बढेका छन्।
 
यद्यपी कारोबार रकम भने उत्साहजनक देखिएको छ। १ सय ४५ कम्पनीको २ अर्ब ७ करोडको सेयर कारोबार भएको छ। यस दिन सुर्या लाइफ इन्स्योरेन्सको १० करोडको सेयर कारोबार भयो।
 
त्यस्तै एनसीसी बैंकको ९ करोड ४६ लाखको कारोबार भयो। गुराँस लाइफ इन्स्योरेन्स र प्रभु बैंकको पनि ८–८ करोडको कारोबार भयो। प्रोग्रेसिभ फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, किसान माइक्रोफाइनान्स र फस्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ।
 
यूनाइटेड इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, ङादी ग्रुपका लगानीकर्ता गुमाउनेमा अगाडि देखिए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411