शेयरमा सर्तकता अपनाई लगानी गर्नु : धितोपत्र बोर्ड

बुद्धबार, चैत्र ३०, २०७३ साल,
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले लगानीकर्ताहरुलाई सर्तकता अपनाई लगानी गर्न सुझाएको छ । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले लगानीकर्ताले स्वयम्को जोखिम बहन गर्न सक्ने क्षमतालाई दृष्टिगत गरी सत्य तथ्य बुझी धितोपत्रमा लगानी गर्न सुझाव दिएको हो ।

बोर्डले बजारमा चलेको हल्ला र आधारहीन अनुमानको पछाडि नलागी धितोपत्र बजारमा लगानी गर्दा विद्यमान आर्थिक परिदृष्य, सूचिकृत संगठित संस्थाहरुको आधारभूत विश्लेषण गरी लगानी गर्नुपर्ने बताएको छ ।

धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, लाभांश तथा हकप्रद शेयरको घोषणा, देशको समग्र आर्थिक अवस्था तथा लगानीकर्ताहरुको बजार प्रतिको विश्वासले प्रभाव पार्ने बोर्डले बताएको छ । हाल देशको आर्थिक परिसूचक तथा अधिकांश सूचिकृत कम्पनीहरुको अवस्था सन्तोषजनक देखिएको सो विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गरिएको अड्कल अनुरुप शेयरको मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहन सक्ने पनि बोर्डले उल्लेख गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411