
काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षका लागि रिचार्ज, डाटा र नाइट भ्वाइसमा अफर ल्याएको छ। नयाँ योजनामा रिचार्जमा १५ प्रतिशतसम्म बोनस, साढे चार पैसासम्ममा एक एमबि डाटा र २५ रुपैयाँमा साढे दुई मिनेट कल सुविधाका योजना छन्।
टेलिकमले रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताले एमपोस तथा रिचार्ज कार्ड मार्पmत सय र दुई सय रुपैयाँको रिचार्ज गर्दा दश प्रतिशत तथा पाँच सय र हजार रुपैयाँको रिचार्ज गर्दा १५ प्रतिशत बोनस दिने छ।
यसरी प्राप्त भएको बोनसको भ्यालिडिटि तीन दिन हुने र अफर चैत ३० देखि वैसाख १३ गतेसम्म लागू हुने टेलिकमले जानकारी दिएको छ।
नेपाल टेलिकमले डाटामा अल टाइम डाटा र नाइट डाटा गरी दुई वटा छुट योजना ल्याएको छ । अल टाइम डाटा अन्तर्गत टेलिकमले एक सय रुपैयाँमा चार सय एमबी, दुई सय रुपैयाँमा ८५० एमबि र तीन सय रुपैयाँमा १५ सय एमबी डाटा दिने छ।
यो डाटा योजना ३० दिनको भ्यालिडिटिसहित चौबिसै घण्टा प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले नाइट डाटा प्याकेज अन्तर्गत दुई सय रुपैयाँमा तीन जिबी र तीन सय रुपैयाँ साढे छ जिबी डाटा दिनेछ।
यो प्याकेजमा डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ ।
टेलिकमले यो योजना चैत ३० गतेदेखि वैसाख २८ गतेसम्म लागू हुने जानकारी पनि मंगलवार जारी प्रेस विज्ञप्तिमा छ।
नेपाल टेलिकमले नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्तालाई चैत ३० गतेदेखि बैसाख २८ गतेसम्म लागू हुने गरी नयाँ योजना ल्याएको छ । यो योजनामा करसहित २५ रुपैयाँमा सात दिनको भ्यालिडिटिसहित राति १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट भ्वाइस प्याक उपलब्ध गराइनेछ ।