नेपाल एयरलाइन्सको पुरानो बोइङ बिक्रीमा, न्यूनतम मूल्य १७ लाख मिलियन डलर

मंगलवार, चैत्र २९, २०७३ साल,
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स०ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन–दु हन्ड्रेड नाइन एन–एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ ।

नियमित मर्मतसम्भारको खर्चले उडानमा लागत बढी हुने भएपछि निगमले बोइङ बिक्री गर्न लागेको हो ।

पुरानो जहाजले तेल बढी खाने र पटक पटक मर्मत गर्नुपर्ने भएकाले बिक्री गर्न लागिएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार निगमले झन्डै ३० वर्षअघि पहिलो पल्ट भित्र्याएका दुई ठूला बोइङमध्ये यो पहिलो जहाज हो । अर्को बोइङ नाइन एन–एसिबी भने अहिले नियमित सञ्चालनमा छ । निगम सञ्चालक समिति बैठकले बोइङ बिक्री गर्ने निर्णय गरी मूल्यसमेत निर्धारण गरेर टेन्डर आह्वान गरेको हो ।

उक्त जहाजको मूल्य न्यूनतम १७ लाख मिलियन अमेरिकी डलर निर्धारण गरिएको छ । नयाँ खरिद गर्दा करिब ४० लाख मिलियन डलर पर्ने बताइन्छ ।

अन्तर्राष्ट्रिय उडानका लागि निगमले अहिले एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत आठ गन्तव्यमा उडान भरिरहेको छ ।

निगमले केही दिनअघि दुई वाइडबडी ए ३३०–२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग सम्झौता गरेको थियो । आन्तरिक उडानमा दुई ट्विनेटर जहाजले २० भन्दा बढी गन्तव्यमा नियमित उडान भर्दै आएका छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411