पाँच महिनापछि १७ सयमाथि पुग्यो नेप्से, १ अर्ब ९० करोड रुपैयाँको कारोबार

मंगलवार, चैत्र २९, २०७३ साल,
काठमाडौं । सेयर बजारको परिसूचक नेप्सेले मंगलबार १७ सय अंक पार गरेको छ। ३३ दशमलव ९४ अंकले बढेर नेप्से १७ सय ९ अंकमा कायम भएको छ।
 
मंगलबार १ सय ४४ कम्पनीको १ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन सबै समूहहरु उक्लिएका छन्। बैंकिङ ३७, विकास बैंक ५६ र बिमा १०१ अंकले बढे। त्यस्तै फायनान्स १३, जलविद्युत १४, होटल ९, उत्पादन २१ र अन्य समूह ०.२ अंकले बढे।
 
कारोबारका आधारमा अगाडि रहेको एनसीसी बैंकको ९ करोड रुपैयाँको सेयर किनेबेच भयो। मुक्तिनाथ विकास बैंक ८ करोड ८० लाख, गुरास लाइफ इन्स्योरेन्सको ८ करोड ८ लाख तथा प्रभु बैंकको ८ करोडको कारोबार भयो। गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स, सनराइज बैंक, स्टाण्डर्ड चार्टड पनि कारोबारका आधारमा अगाडि देखिए।
 
नाफाका आधारमा अपि पावरका लगानीकर्ता अगाडि देखिए। कम्पनीले हालै १ बराबर २ को अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पारित गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो। १० प्रतिशतले बढेर मूल्य प्रतिकित्ता ६१६ कायम भएको छ।
 
लक्ष्मी लघुवित्तको मूल्य पनि १० प्रतिशतले बढ्यो। आइएलएफसिओ माइक्रोफाइनान्स र तिनाउ विकास बैंक, बोटलर्स नेपाल, सुर्या लाइफ, रिलायबल माइक्रोफाइनान्स र किसान माइक्रोफाइनान्सको मूल्य ९.९ प्रतिशत बढीले बढेको छ।
 
खानीखोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ३.७ प्रतिशत मूल्य गुमाए। सेती फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र बुटवल पावरको मूल्य पनि ३ प्रतिशतले घटेको छ। यसअघि कात्तिक १८ गतेदेखि नेप्से १७ सय अंकमुनि रहँदै आएको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411