आइपिओमा आवेदन दिन फोटो तथा नागरिकताको प्रतिलिपी नचाहिने

बिहीवार, चैत्र १७, २०७३ साल,
काठमाडौं । धितोपत्रको सार्वजनिक निश्कासन (आइपिओ)मा आवेदन दिँदा अब फोटो तथा नागरिकताको प्रतिलिपी नचाहिने भएको छ।
 
दरखास्त प्रक्रियालाई सरल र सहज बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नागरिकताको प्रतिलिपी र फोटो संलग्न गर्नुपर्ने व्यवस्थालाई हटाउन सम्पूर्ण निश्कासन तथा बिक्री प्रवन्धकलाई परिपत्र गरेको छ।
 
फारममा डिम्याट खाता नम्वर अनिवार्य गरिसकिएको र डिम्याट खातामै लगानीकर्ताको सम्पूर्ण विवरण हुने भएकाले नागरिकताको फोटोकपी र फोटो संलग्न गर्नु नपर्ने व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ। यद्यपी आयोजना प्रभावितका लागि भने यो व्यवस्था लागू हुने छैन।
 
हाल प्राथमिक निश्कासनका लागि पुरानो प्रक्रियाबाट आवेदन दिँदा पासपोर्ट साइजको एउटा फोटो र नागरिकताको प्रतिलिपी बुझाउनुपर्दछ। आस्वा प्रणालीबाट आवेदन गर्नेका लागि फोटो तथा नागरिकताको प्रतिलिपी नचाहिने व्यवस्था रहीआएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411