एसियन लाइफको बोनसपछि ५० प्रतिशत हकप्रद दिने प्रस्ताव पारित

बिहीवार, चैत्र १७, २०७३ साल,
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको साधारणसभाले बोनस वितरणपश्चात हुन आउने पुँजीको ५० प्रतिशत हकप्रद दिने प्रस्तावलाई पारित गरेको छ।
 
वीरगंजमा बसेको आठौं तथा नवौं वार्षिक साधारण सभाले  १३ करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ। बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख पुग्नेछ।
 
बोनस शेयर वितरण पश्चात हुने कम्पनीको चुक्ता पुँजीको २ बराबर १ को अनुपातमा हकप्रद शेयर समेत जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ। हकप्रद शेयर पश्चातकम्पनीको चुक्ता पुँजी १ अर्ब बीस करोड पुग्नेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411