दिनभर उतारचढावका बिच नेप्से स्थिर, १४० कम्पनीको १ अर्ब ४८ करोडको कारोबार

बिहीवार, चैत्र १७, २०७३ साल,
काठमाडौं । साता कारोबारको अन्तिम दिन सेयर बजारमा दिनभरजसो उतारचढाव देखिएको छ। कारोबार बन्द हुँदा भने नेप्सेको अंक स्थिरजस्तै रह्यो। अघिल्लो दिनको तुलनामा नेप्से आज जम्मा ०.६५ अंकले घटेको छ।
 
नेप्से १५ सय ८७ अंकमा अडेको छ। कारोबार खुल्दा बढेको नेप्से परिसूचक ११ स् ४० बजे १५ सय ७० अंकमा झरेको थियो। १२ः २२ मा १६ सय पुगेर नेप्से पुनः ओर्लियो। कारोबार बन्द हुँदासम्म पनि नेप्सेको उकालो मन्द गतिमा रह्यो। तर बजार अघिल्लो दिनको तुलनामा घट्न पुग्यो।
 
१ सय ४० कम्पनीको १ अर्ब ४८ करोडको कारोबार भयो। यस दिन होटल, फाइनान्स, बिमा र अन्य समूह उक्लिए पनि बैंकिङ, विकास बैंक, जलविद्युत र उत्पादन समूह ओर्लिए। होटल ५, फाइनान्स ८, बिमा ६९ र अन्य समूह २ अंकले बढे। बैंकिङ ३, विकास बैंक ५, जलविद्युत १६ र उत्पादन समूह ११ अंकले घटे।
 
सानिमा बैंकको सबैभन्दा बढी २२ करोड ५५ लाखको कारोबार भयो। कम्पनीको मूल्य बढेर प्रतिकित्ता ५ सय ७४ कायम भएको छ। लक्ष्मी बैंकको ११ करोड ९४ लाखको, कृषि विकास बैंकको ८ करोड ६० लाख, नेपाल बंगलादेश बैंकको ५ करोड ४६ लाखको कारोबार भयो।
 
नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रदपछि मूल्य समायोजन भई ४५२ रुपैयाँ कायम भएको थियो।समायोजनपछि मूल्य बढेर ४७९ पुगेको छ।
 
सिर्जना फाइनान्सका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। ज्योति विकास, सहारा विकास र नमस्ते वित्तीय संस्थाको मूल्य ७ प्रतिशतले बढेको छ। सेती र रिलायबल माइक्रोफाइनान्सको मूल्य ६ प्रतिशतले घटेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411