​नेपाल टेलिकमले ल्यायो लोन सुविधा

मंगलवार, चैत्र १५, २०७३ साल,
काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा पनि कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ ।

यस सम्बन्धमा नेपाल टेलिकम र हंकङ्गस्थित टेक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालीबीच सम्झौता भइसकेको टेलिकमले जनाएको छ । सम्झौताअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ ।

कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रालीको तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका थिए ।

कम्पनीका ग्राहकलाई थप सुविधा प्रदान गर्दै जाने नीति अनुरुप सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयर टाइम क्रेडिटको सुविधा ल्याइएको टेलिकमले जनाएको छ ।

सो सुविधा प्रयोग गरे वापत थप कुनै अतिरिक्त शुल्क वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध हुने छ, र रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ । र यो सुविधा सम्झौता भएको मितिले ५ महिना भित्रमा सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411