​केन्द्रमा बढीमा सोह्रवटा मात्रै मन्त्रालय रहने

मंगलवार, चैत्र १५, २०७३ साल,
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा बढीमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्र्यौदा प्रतिवेदन तयार पारेको छ । 

सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्गठनात्मक, संरचना र संस्थागत व्यवस्थापन समितिलाई सहयोग गर्न गठित उपसमितिले केन्द्रमा बढीमा १२ देखि १६ को सङ्ख्यामा मन्त्रालयमा बनाउने मस्यौदा प्रतिवेदन तयार पारेको समितिका सदस्य नन्दराज ज्ञवालीले बताए । 

‘‘प्रारम्भिक छलफलमा हामीले बढीमा १६ मन्त्रालय बनाउन समितिलाई सिफारिस गर्ने तयारीमा रहेका छौ’’उनले भने,‘‘एकरुपता र समकालीन काम भएका मन्त्रालयलाई एउटै बनाउन थालिएको छ ।’’ 

मन्त्रालयका सहायक प्रवक्ता समेत रहेका ज्ञवालीले मन्त्रालयको सङ्ख्या कति रहने टुङ्गो लागेपछि मात्र यसको नामकरण गर्ने जानकारी गराए । 

सङ्घीय संरचनमा केन्द्रीय सरकारको ७७४ काम हुने व्यवस्था गरिएको छ । सरकारले फागुन १९ गते मन्त्रालयका सचिव सापकोटाको संयोजकत्वमा मन्त्रालय केन्द्र, प्रदेश र स्थानीय तहमा कति सङ्ख्यामा रहनेछन् भनेर प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । 

मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले समितिले केन्द्रमा रहने मन्त्रालयको सङ्ख्या एकिन गरेपछि प्रदेशमा रहने मन्त्रालयको सङ्ख्या निर्धारण गर्ने बताए । 

उपसमितिले तयार पारेको मस्यौदालाई अध्ययन गरेर समितिले सरकारलाई प्रतिवेदन बुझाउने उनले जानकारी दिएका छन् । अहिले ३१ वटा मन्त्रालय रहेका छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411