​नेप्सेमा करिव ९ अंकले गिरावट, २७ करोड ६१ लाख रुपैयाँको कारोबार

बिहीवार, चैत्र १२, २०७१ साल,
काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि बजार ८.८९ अंकले घटेर ९४० अंकको तहमा ओर्लिएको छ । बजारमा १२३ कम्पनीका सेयर किनबेच भएका छन् । दिनभरी २७ करोड ६१ लाख ५२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
 
कुल कारोबार २७ करोड ६१ लाख रुपैयाँको भएपनि दुई कम्पनीको मात्रै करिव १० करोडको सेयर किनबेच भएको छ । बाँकी १७ करोड रुपैयाँको सेयर  १२१ कम्पनीको कारोबार भएको हो । 
 
एभरेष्ट इन्स्योरेन्सको पाँच करोड ३१ लाख रुपैयाँ र नेपाल लाइफको चार करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफकै एक करोड ७९ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । प्रभु बैंकको एक करोड ४३ लाख र प्राइम बैंकको एक करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बाँकी कम्पनीको करोडभन्दा कमको सेयर किनबेच भएको छ ।
 
बजार घट्दा पनि कमाउनेमा नेपाल लाइफका संस्थापक सेयरधनी छन् । यसैगरी विजिनेस युनिर्भल, कावेली विकास, कन्ट्री डेभलपमेन्ट, एनसिसी बैंकका लगानीकर्ताले पनि कमाएका छन् ।
 
गुमाउनेमा कसमस डेभलपमेन्ट, नेपाल टेलिकम, पुर्णिमा विकास, नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ता छन् । सबै सुचकहरु घटेको छ । 
 
सबैभन्दा वढी अन्य सुचक घटेको छ । नेपाल टेलिकमको सेयर मूल्य साढे सात प्रतिशतभन्दा वढीले ओरालो लाग्दा अन्य सुचकमा ५६ अंकको गिरावट देखिएको हो ।
 
होटल ३२, जलविद्युत १०, डेलपमेन्ट बैंक साढे दुई अंकले घटेको छ । बिमा र बैंकिङ एक अंकभन्दा केही वढीले घटेका छन् । फाइनान्स पनि १.१२ अंकले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411