​शेयर बजार नथामिदाँ ३ पटक ब्रेक लाग्यो, नेप्सेले १६ सय विन्दु पार गर्‍यो

मंगलवार, चैत्र १५, २०७३ साल,
काठमाडौं । मङ्गलवार नेप्से परिसूचक ५ दशमलव शून्य १ प्रतिशत बढेको छ । नेप्सेको नियम अनुसार परिसूचक ५ प्रतिशतले बढेपछि यस दिनको कारोबार बन्द भएको छ । 

यसअघि सेयर बजार सुचक तीन प्रतिशतले बढेपछि १५ मिनेटलाई कारोबार स्थगित गरिएको थियो। नेप्सेमा शेयर कारोबार खुलेको आधा घन्टासमेत नपुग्दै  सूचक तीन प्रतिशतले उक्लिएको थियो।

बजार  खुलेको पहिलो घण्टा तीन प्रतिशतले बढेर १५ मिनेट रोकिएको शेयर बजारमा फेरि ब्रेक लागेको थियो। दोस्रो घण्टा थप एक प्रतिशतले बजार बढेपछि आधा घण्टाका लागि कारोबार रोकिएको थियो।  नेप्से परिसूचक १५९५ अंक माथि पुगेपछि बजार साढे १ मा खुल्ने गरी बन्द भएको थियो।

नेप्से परिसूचक ७६ दशमलव ७९ अङ्क बढेर १ हजार ६ सय १० दशमलव ६२ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक उकालो लागेको हो । यस समयमा १ सय ४४ कम्पनीको  ८ हजार ३ सय ९१ पटकको व्यापारमा २५ लाख ८१ हजार बराबरको शेयर कित्ता कारोबार भएको छ ।

बीमा समूहको परिसूचक ६ दशमलव ७७ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त कम्पनीको ५ दशमलव ६४ प्रतिशत, जलविद्युतको ५ दशमलव ३४ प्रतिशत, बैङ्किङको परिसूचक ५ दशमलव २१ प्रतिशत बढेको छ । विकास बैङ्कको ४ दशमलव ८३ प्रतिशत, होटल समुहको ३ दशमलव ४६ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक १ दशमलव ५ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन कम्पनीको परिसूचक स्थिर रहेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411