निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अधिग्रहणमा पर्ने जग्गाको मुआब्जा निर्धारण

मंगलवार, चैत्र १५, २०७३ साल,
काठमाडौं । सरकारले बारा जिल्लामा निमार्ण गर्न लागेको दोस्रो अन्तराष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरेको जग्गाको मुआब्जा निर्धारण गरेको छ ।

मंगलबार गोरखापत्रमा सूचना प्रकाशितगरि गृह मन्त्रालयले ३५ दिन भित्र आवश्यक प्रमाणसहित मुआब्जा लिन सरोकारवालाई आह्वान गरेको छ ।

सरकारले विमानस्थलको निमार्णका लागि विमानस्थलको चार किल्ला क्षेत्र भित्र पर्ने निजि स्वामित्वमा रहेका जग्गा र सो भित्रका घर तथा अन्य संरचनाहरुको मुआब्जा निर्धारण गरेको हो ।

सरकारले मुल सडकले छोएको, नछोएको, सहायक सडकले छोएको तथा नछोएको जग्गााको छुट्टा छुटैं मुआब्जा निर्धारण गरेको छ ।

जग्गाधनिले प्रति कठ्ठा दुई लाख ४१ हजारदेखि चार लाख साठी हजार रुपैयाँसम्म मुआब्जा पाउने भएका छन् । त्यस्तै अधिग्रहणमा परेका जग्गाहरुमा निर्मित घर, टहरा, पर्खाल आदिको प्रतिवर्ग फिट तीन सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको छ ।

सम्बन्धित जग्गा धनिले मुआब्जा रकम दाबी गर्न नागरिकताको प्रमाणपत्र, सक्कल जग्गाधनि प्रमाणपूर्जा र कर तिरो तिरेको रसिद लगायतका जग्गााको हकभोग सम्बन्धि प्रमाण सहित अन्तराष्ट्रिय विमानस्थलको कार्यालय सिमरा बारामा ३५ दिनभित्र आवेदन दिन समेत आग्रह गरिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411