चिनियाँ राष्ट्रपति प्रधानमन्त्री भेट : पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने चिनियाँ चासो

सोमबार, चैत्र १४, २०७३ साल,
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच पैचिङमा भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले सीसँगको भेटपछि प्रतिक्रिया दिंदै चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।

चीनको राजधानी पैचिङस्थित ग्रेट अफ दि पिपुलमा भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीले बताएका छन् ।

भेटमा प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिवाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताए । राष्ट्रपति सी आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीले प्रतिक्रिया दिएका छन् ।  

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले बोआओ फोरममा सहभागी भएपछि शनिबार पैचिङ पुगेका थिए । पैचिङमा रहंदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजना गरिएका अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन समेत गरेका छन् ।

नेपालमा लगानी गर्नका लागि चिनियाँ लगानीकर्तालाई सोमबार विहान आग्रह गरेका प्रधानमन्त्री दाहालले राष्ट्रपति जिनपिङसँग दिउँसो भेटवार्त गरेका हुन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411