नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

सोमबार, चैत्र १४, २०७३ साल,
बेइजिङ। चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् ।

चीनको बेइजिङ्मा सोमबार आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट पाारे।

नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले लगानी, व्यापार तथा आर्थिक सुधारलाई आफ्नो मुलुकले विशेष प्राथमिकता दिएको जानकारी दिए।

लगानीका लागि उर्बरभूमी नेपालको जुनसुकै क्षेत्र तथा स्थानमा लगानी गर्न सकिने बताउँदै उनले जलस्रोत, सूचना प्रविधि तथा कृषि क्षेत्रको आधुनिकीकरणमा लगानी गरेर चिनियाँ लगानीकर्ताले फाइदा लिनसक्ने बताए।

नेपाल प्राकृतिक सुन्दरता, धार्मिक विविधता र अध्यात्मिक क्षेत्रमा धनी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रलाई प्राथमिकता दिएर पर्यटन प्रवद्र्धनका लागि चिनियाँसँग सहकार्य गरी अगाडि बढ्न सकिने धारणा राखे।

भैरहवा, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थाल निर्माणलाई नेपालले विशेष प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्दै अन्तरदेशीय आर्थिक क्षेत्रको विकास र विस्तारमा आफू र आफ्नो मुलुक प्रतिबद्ध रहेको बताए।

मुलुकको आयात तथा निर्यात नीति बजारमैत्री, खुला तथा उदार रहेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नेपालको मुख्य लक्ष्य उदार आर्थिक नीतिलाई अवलम्बन गरेर पारदर्शी एवम् लगानीमैत्री वातावरण निर्माण गर्नु रहेको बताए।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष९आइएमएफ०ले नेपालको लगानीको अवसरका विषयमा नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले ती संस्थाले पनि आफ्नो मुलुकलाई लगानीको अवसर भएको मुलुकका रुपमा चित्रण गरेकाले चिनियाँ लगानीकर्ताका लागि यो उपयुक्त अवसर भएको धारणा राखे।

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानी९एफडिआई० गर्ने मुख्य मुलुक चीन भएकोे बताउँदै प्रधानमन्त्री दाहालले गत फागुनमा भएको लगानी सम्मेलनमा नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाइएकोमध्ये चिनियाँ लगानीकर्ताले ६१ प्रशितभन्दा बढी प्रतिबद्धता जनाएको बताए।

चीन नेपालको सबैभन्दा ठूलो विदेशी लगानी गर्ने मुलुक बनेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चीनले विश्व अर्थतन्त्रको आकार र गतिमा उल्लेखनीय सफलता हासिल गरेको  र दुई देशबीचको व्यापार पछिल्लो समयमा उल्लेखनीय रुपमा विस्तार हुँदै गएको प्रधानमन्त्रीले बताए। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411