​लक्ष्मी भ्यालु फन्ड-१ को बाँडफाँट, एकसयदेखि १२ लाख कित्तासम्म वितरण

बिहीवार, चैत्र १२, २०७१ साल,
काठमाडौं । लक्ष्मी क्यापिटलले जारी गरेको लक्ष्मी भ्यालु फन्ड एकको इकाइ बाँडफाँट गरिएको छ । लक्ष्मी क्यापिटलले विहीबार इकाइ बाँडफाँट गरेको हो । प्रति इकाइ १० रुपैयाँ पर्ने यो योजना गत फागुन ६ गतेसम्म विक्री खुला गरिएको थियो ।

कम्पनीले विक्री बन्द भएको ३६ दिनमा आफ्नो इकाइ बाँडफाँट गरेको हो । यो भ्यालु फन्डमा तीन गुणा बढी आवेदन परेको थियो । कूल ५० करोडको आवेदन मागिएकोमा सिड फन्डसहित एक अर्ब २० करोड ९० लाख रुपैयाँको आवेदन परेको थियो ।

लक्ष्मी क्यापिटलले आगामी पाँच कार्य दिन भित्रै इकाइ नपर्ने लगानीकर्ताको पैसा फिर्ता गर्ने जनाएको छ । लगानीकर्ताले न्यूनतम एकसयदेखि १२ लाख ८६ हजार इकाइसम्म पाएका छन् । संस्थागत लगानीकर्ता वाणिज्य बैंकहरुले १२ लाख ८६ हजारका दरले इकाइ पाएका हुन् ।

कूल चारहजार दुईसय ३५ लगानीकर्ताले यो योजनाको इकाइ पाएको लक्ष्मी क्यापिटलले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411