​साढे २ अंकले घट्यो शेयर बजार

सोमबार, मंसिर २२, २०७१ साल,
मंसिर २२ काठमाडौं । साताको दोस्रो दिन सोमबार २.४७ अंकले घटेर नेप्से परिसूचक ८४८.४१ अंकमा झरेको छ । आइतबार पनि नेप्से ३ अंकले घटेको थियो ।

सोमबार १ सय २७ कम्पनीका ५ लाख ३ हजार कित्ता सेयर १५ करोड ८३ लाख रुपैयाँमा किनबेच भयो ।

समुहगत सूचकतर्फ होटल, फाइनान्स र उत्पादनमूलक क्षेका सूचक सामान्य बढेका छन । होटलको २.२३ अंकले, फाइनान्सको २/१९ र उत्पादनमूलकको ४.१९ अंकले बढेको छ ।

त्यसबाहेक सबै सूचकहरु घटेका छन । वाणिज्य बैंक समूहको सूचक ०.२१ अंकले घटेको छ । यो समूहको ४ करोड ९६ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी विकास बैंकको ४.१४ अंकले, जलविद्युतको २०।७१ अंकले, बीमा समूहको सूचक ४८.४ अंकले घटेका छन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411