नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ पाएकाले समेत २५ प्रतिशत बोनश शेयर पाउने

सोमबार, चैत्र १४, २०७३ साल,
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको होटल भिष्वा, वीरगञ्जमा सम्पन्न साधारण सभाले गत फागुन २७ गतेसम्ममा सेयर किनेका तथा एफपीओबाट सेयर खरिद गरेका लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

नेपालको जीवन बिमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी नेपाल लाईफले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२  प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित गरेको छ ।

केही समय अघि मात्र झण्डै ३१ लाख कित्ता थप नयाँ सेयर ९एफपीओ० निष्काशन गरेको नेपाल लाइफ इन्स्योरेन्सले उक्त सेयरले समेत पाउने गरी बोनस सेयर बितरणको प्रस्ताव पारित गरेको छ ।

उसले एफपीओ निष्काशन पश्चात कायम चुक्ता पूँजीको  २५ प्रतिशतले हुने ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९८६ रुपैयाँ नगद लाभांस वितरण गरेको हो । फागुन २७ गते पछि सेयर खरिद गर्नेले प्रस्तावित बोनस तथा नगद लाभांस पाउने छैनन् ।

दुई अर्ब ४७ करोड ७१ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस बितरण पश्चात चुक्ता पूँजी तीन अर्ब नौ करोड ६४ लाख रुपैंया पुगेको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा इन्स्योरेन्सले १५ करोड ३० लाख रुपैयाँ खुँद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ १३ पैसा कायम गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411