विद्युत चुहावट नियन्त्रण गर्न जिल्लामा पनि अभियान, विद्युत चोरी गर्दागर्दै २० पक्राउ

सोमबार, चैत्र १४, २०७३ साल,
झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् ।
 
नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक्राउ गरिएको अनारमनी वितरण केन्द्रका  प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार उनीहरुलाई सुरुङ्गाको प्रजापति टोलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको बताइएको छ ।

उनीहरुका साथबाट टोलीले सिँचाइको मोटर, त्यसमा प्रयोग गरिने विद्युतीय तार बरामद गरेको छ । त्यस्तै हुकिङ गरेर घरमा जडान गरिएको तार, मिटर समेत बरामद गरिएको प्राधिकरणका इञ्जिनियर धीरेन्द्र बजगाईंले जानकारी दिए।
 
विद्युत् चुहावट नियन्त्रण ऐनअन्तर्गत उनीहरुमाथि कारबाही अघि बढाइने नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्र प्रमुख सिंहले बताए। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411