४७० रुपैयाँमा बुटवल पावरको ४० लाख ८१ हजार कित्ता एफपिओ

आईतवार, चैत्र १३, २०७३ साल,
काठमाडौं । बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता फरदर पब्लिक अफरिङ एफपिओ को मूल्य तोकेको छ । कम्पनीले आइतबार नेप्सेमा सुचना प्रकाशित गर्दै एफपिओको मूल्य तय गरेको हो ।

शेयर निष्काशनका लागि कम्पनीले यसअघिनै एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

शनिबार मात्रै स्वर्ण महोत्सव मनाएको कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता शेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दाका लागि छुट्याएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३७० रुपैयाँ प्रिमियम थप गरी ४७० रुपैयाँ प्रतिकित्ता एफपिओ निष्काशन गर्ने भएको हो ।

बुटवल पावर कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ५९ दशमलव ९९ प्रतिशतले बढेर १३ करोड ९ लाख रुपैयाँ कमाउन सफल भएको छ । कम्पनीले गत वर्ष सोहि अवधिमा ८ करोड १८ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २ अर्ब २४ करोड ३९ लाख रुपैयाँ पु¥याएको छ । कम्पनीको सञ्चालन आम्दानी ९ दशमलव ८३ प्रतिशतले बढेर ४० करोड २४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन खर्च ११ दशमलव ६६ प्रतिशतले बढेर १३ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

बुटवल पावरको प्रतिशेयर आम्दानी ७ दशमलव ७४ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात ७२ दशमलव ३५ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ३२ दशमलव ६१ रुपैयाँ रहेको छ ।

कम्पनले स्वर्ण महोत्सवको अवसरमा सन् २०२० सम्ममा ६७ दशमलव ६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ दुई जलविद्युत आयोजना निर्माणको काम सुरु गरेको छ । कम्पनीले ३७ दशमलव ६ मेगावाट क्षमताको काबेली ए र ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको निर्माण सुरु गरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411