​ऊर्जामन्त्री शर्माले थाले उज्यालो नेपालको अभियान नयाँ नेपाल बनाउने महाअभियान

शुक्रबार, चैत्र ११, २०७३ साल,
काठमाडौं  । ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपालको अभियान नयाँ नेपाल बनाउने महाअभियानको शुरूआत भएको बताएका छन् । 

बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उज्यालो नेपाल अभियानले नेपाली जनतामा नयाँ आशाको सञ्चार गरेको बताए ।

मन्त्री शर्माले उज्यालो नेपाल अभियान केवल विद्युतभार कटौती गर्ने मात्र नभई समृद्ध अर्थतन्त्रको विकास गर्ने योजनासमेत भएकाले यसमा दत्तचित्त भएर काम आग्रह गरे । सरकारले ठूलो लक्ष्यका साथ विद्युत्भार कटौती अन्त्य गरेको बताए । 

साथै, मन्त्री शर्माले विद्युत् भार कटौतीको अन्त्यसँगै मुलुकमा केही हुन्छ र केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको उल्लेख गर्दै जनताको साथ र सहयोगबाट सरकार सफल भएपनि यसका लागि अझै धेरै गर्न बाँकी रहेको बताएका हुन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411