सवा १५ अर्ब रुपैयाँको ट्रेजरी बिल आइतबार

शुक्रबार, चैत्र ११, २०७३ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब २६ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । 

९१ दिने अवधिको नौ अर्ब, १८२ दिने अवधिको चार अर्ब ३० करोड र ३६४ दिने अवधिको एक अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्नका लागि राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको हो । 

यी ट्रेजरी बिल क्रमशः असार १३, असोज १० र ०७४ चैत्र १३ गते परिपक्व हुनेछन् । 

आगामी आइतबार (चैत्र १३ गते) अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न आह्वान गरिएको छ । मंगलबार ९चैत्र १५ गते० उक्त ट्रेजरी बिल निष्काशन गरिने बताइएको छ । 

राष्ट्र बैंकले यसअघि गत चैत्र ७ गते साढे १० अर्बको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान गरेको थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411