३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु, दुर्इ वर्षभित्र सक्ने लक्ष्य

शुक्रबार, चैत्र ११, २०७३ साल,
लमजुङ । बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ ।
 
उक्त जलविद्युत् आयोजना विसं २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो । कुल छ अर्बको लागतमा निर्माण हुने सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ ।

प्रवद्र्धकको स्वामित्व पुँजी रु एक अर्ब ५० करोड रहेको छ । संस्थापक सेयरधनीको रु एक अर्ब १२ करोड ५० लाख लगानी रहने आयोजनाका प्रबन्धक उत्तम अमात्यले जानकारी दिए।
 
सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात् रु २२ करोड ५० लाख र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका  लागि १० प्रतिशत अर्थात् रु १५ करोड सेयर छुट्टयाइएको उनले बताए।   आयोजनामा १५र१५ मेगावाटको दुईवटा टर्बाइन रहनेछ । वार्षिक १७ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411