करीब १० अर्ब लागतमा कालङ्गा जलविद्युत् आयोजनाको निमार्ण शुरू, ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

बुद्धबार, चैत्र ९, २०७३ साल,
बझाङ । निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ ।

बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको मङ्गलवार एक कार्यक्रमबीच शुरू गरियो ।

करीब रू १० अर्ब ५० करोडको लागतमा निर्माण हुने सो आयोजनामा विभिन्न बैङ्कको ७५, स्थानीयको १० तथा विभिन्न व्यक्तिको १५ प्रतिशत शेयर लगानी रहने बताएको छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनामा माछापुच्छ्रे, एनएमबी, सिभिल बैङ्कलगायत विभिन्न १० ओटा बैङ्कको लगानी रहेको आयोजना प्रमुख उमेश श्रेष्ठले बताए ।  रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411