राजनीतिक दल सम्बन्धी विधेयक पारित, ३ प्रतिशत थ्रेसहोल्ड कायम

बुद्धबार, चैत्र ९, २०७३ साल,
काठमाडौं । व्यवस्थापिका–संसद्ले राजनीतिक दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ पारित गरेको छ ।

व्यवस्थापिका–संसद्को बुधबार बसेको बैठकमा बहुमतले यो विधेयक पारित गरेको हो ।  नेमकिपाका सांसदको विरोधका बीच संसदले पारित गरेको हो । अन्य साना दलका सांसदहरु भने बैठक सुरु हुनासाथ बहिस्कार गर्दै बाहिरिएका थिए ।

पारित विधेयकअनुसार प्रतिनिधिसभा निर्वाचनमा खसेको कुल मतको ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्ने दलले मात्रै राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ ।

राज्य व्यवस्था समितिको उपसमितिले दिएको प्रतिवेदन पनि बुधबार नै समितिका सभापति दिलबहादुर घर्तीले संसद्मा पेश गरेका थिए ।

“प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गर्नेछ,” पारित गरिएको विधेयकमा उल्लेख छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411