सर्वोच्चद्वारा जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय बदर

मंगलवार, चैत्र ८, २०७३ साल,
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने सरकारको निर्णय उत्प्रेषण आदेशमार्फत बदर गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल सिन्हाको पूर्ण इजलासले सरकारको निर्णय मङ्गलबार बदर गरी ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उच्च अङ्क  प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकबाट पुनः बढुवा गर्न सरकारलाई आदेश दिएको छ । प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन सर्वोच्चले आदेश दिएसँगै चन्दको आइजीपी बन्ने संभावना सकिएको छ ।

गएको माघ ३० गते बसेको मन्त्रीपरिषद बैठकले डीआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । सरकारको निर्णय गरेको केहि घण्टा बित्न नपाउँदै सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै उक्त निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

प्रहरीको पहिलो बरियताक्रममा नवराज सिलवाल र दोस्रो वरीयतामा प्रकाश अर्याल रहेका छन् । सरकारले दुबै जनालाई पन्छाउँदै तेस्रो बरियताका चन्दलाई प्रहरीको कमाण्ड सम्हाल्न लगाएको थियो । सरकारले चन्दलाई बढुवा गरेको निर्णयमा प्रधानन्यायाधीश कार्कीकै इजलासले अल्पकालीन अन्तरिम आदेश मार्फत कार्यान्वयन नगर्न भनेको थियो ।

निवर्तमान महानिरीक्षक उपेन्द्रकान्त अर्याल घरबिदामा समेत नबसी अवकास लिएपछि उनले आइजी नियुक्ति विवादका कारण प्रहरी अस्पतालका एआईजी निमित्त महानिरीक्षक डा। दिनेशचन्द्र पोखरेललाई कार्यभार बुझाएका थिए । सर्वोच्चको यो निर्णयसँगै सरकारले अव पुनस् प्रहरी महानिरिक्षक नियुक्ति गर्ने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411