इन्द्रावतीलाई मेलम्ची दोस्रो, तेस्रोबाट असर, विद्युत उत्पादनमा समस्या हुने

आईतवार, चैत्र ६, २०७३ साल,
चौतारा । सिन्धुपाल्चोकको पश्चिमी भेगको ज्यामिरेमा सञ्चालित ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित हुने भएको छ ।

हेलम्बुको अम्बाथान मुहानबाट दैनिक १७ करोड लिटर पानी लगिने प्रथम चरणबाट कुनै असर नपुगे पनि दोस्रो र तेस्रो चरणको लार्के र याङ्ग्रीबाट लगिने दैनिक ३४ करोड लिटर पानी इन्द्रावती नदीमा कम हुने भएपछि सो आयोजनालाई प्रत्यक्ष असर पुग्ने भएको हो ।
    
‘वर्षको सातरआठ महीना आयोजनालाई असर नपरे पनि सुक्खायामको तीन÷चार महीना उत्पादन बन्द नै त हुँदैन तर निकै असर पुग्ने कुरा भने निश्चित छ,’– इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाका अध्यक्ष कुमार पाण्डेले भने – ‘हामीले शुरूमै जानकारी पाएर पनि सो कुरालाई स्वीकार गरेरै लाइसेन्स लिएकाथियौँ ।’ आयोजनाका दुई यूनिटमध्ये हाल एक यूनिट मात्र सञ्चालनमा आएको छ ।

मङ्सिर पुसमा ३.५ देखि ३.८ मेवासम्म उत्पादन हुँदै आएपनि सुक्खा याममा २.५ मेवा मात्र विद्युत् उत्पादन हुँदै आएको आयोजना प्रमुख मोनालोकले जानकारी दिए ।     मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार दोस्रो र तेस्रो चरणको डिजाइनको काम शुरू गरिएको र सो काम सम्पन्न भएपछि मन्त्रालयमा पेस गरिनेछ ।

बजेट व्यवस्था भएपछि चाँडै नै काम शुरू गरिने र त्यसबाट जलविद्युत् आयोजनालाई असर पुग्ने या नपुग्ने हाम्रो चासो नभएकाले उनीहरूले शुरूमा नै सोच्नुपर्ने बताए । उक्त जलविद्युत् आयोजनाका पूर्वसंस्थापक एवम् जलस्रोत विज्ञ कृष्णप्रसाद भण्डारी लार्के र याङ्ग्री मुहान जिल्लावासीलाई असर पु¥याउने गरी राजधानी पठाउन नहुने मान्यता राख्छन् ।  

निजी क्षेत्रबाट विसं २०५४ मा शुरू भई विसं २०५९ देखि व्यापारिक उत्पादन हुँदै आएको सो आयोजनाको पानीको मुख्य स्रोत इन्द्रावती नदी भएकोमा सो नदीको माथिल्लो भागबाट लार्के र याङ्ग्री खोला मिसिन गएको छ ।

खिम्ती र भोटेकोसीसँगै सो आयोजनामा पनि अमेरिकी डलरमा विद्युत् खरीद विक्री सम्झौता (पिपिए) भएको थियो । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411