सरकारले घोषणा गरेको ७४४ स्थानीय तह, राजपत्रमा प्रकाशित सूचनाको पूर्ण विवरण

शुक्रबार, फागुन २७, २०७३ साल,
काठमाडौँ । सरकारले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको छ। नयाँ संविधानअनुसार स्थानीय तह निर्धारण आयोगले बनाएको प्रतिवेदन परिमार्जनसहित सरकारले राजपत्रमा प्रकाशित गरेको हो।

संविधानअनुसार यो प्रतिवेदन प्रकाशित भएपछि आजैदेखि स्थानीय तह खारेज हुन्छन्। गाउँ विकास समितिका कामकारबाही आजैदेखि अन्तरीम भएका छन्। स्थानीय निकायलाई हटाएर संविधानअनुरुप स्थानीय तह बनेपछि आजैदेखि कार्यान्वयनमा आएको हो।

मन्त्रिपरिषदले यही फागुन २२ मा ७ सय ४४ स्थानीय तह हुनेगरी गरेको निर्णय आज राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको छ।

स्थानीय तहको नयाँ संरचनाअनुसार देशभरमा ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका रहने छन्।

सबै स्थानीय तहमा गरी ६ हजार ६ सय ८० वडा कायम भएका छन्। यसअघि नयाँ नगरपालीकाको घोषणापछि ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका कामय थिए।

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मन्त्रालयमा काम गर्न सुरु गरेकै दिन  राजपत्रमा सूचना प्रकाशित गरी नयाँ संरचना लागू भएको घोषणा गरेका हुन्।

हेर्नुस् राजपत्रका प्रकाशित सूचना

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411