
काठमाडौं । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना ग्राहकलाई बिभिन्न सेवाहरुमा सहुलियत दिने भएको छ।
कम्पनीको चाडपर्व अफर अन्तर्गत जीएसएम र सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक उपलब्ध गराउने भएको हो।
रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २ सयको रिचार्ज कार्डमा २ सय एमबी डेटा, ५ सयको रिचार्ज कार्डमा ५ सय एमबी डेटा र १ हजारको रिचार्ज कार्डमा १ हजार एमबी डेटा ग्राहकले पाउने कम्पनीले जनाएको छ।
यसको अवधी दुई दिनसम्म रहने बताइएको छ। यो अफर राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न पाइनेछ। यो अफरको फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
त्यसैगरी यूट्युब डेटा प्याक अन्तर्गत १ जिबी यूट्युब डेटा प्याक १ सय रुपैयाँमा २ दिनसम्म र ५ सय एमबी यूट्युब डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाइने छ। यो अफरको अवधि फागुन २९ देखि चैत १३ गतेसम्म १५ दिन जीएसएमका प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ।
यो अफर लिनका लागि युआइजीबी या यु ५ सय एमबी टाइप गरी १४१५मा एसएमएस गर्नु पर्ने छ। एसएमएस प्याक अन्तर्गत १ सय वटा एसएमएस १० रुपैयाँमा ९नेपाल टेलिकमको नेटवर्कभित्र मात्र० ३ दिनसम्म उपभोग गर्न पाइने छ।
यो अफरको अवधि फागुन २९ देखि चैत १ गतेसम्म ३ दिन जीएसएम सिडीएमएका ग्राहकलाई उपलब्ध हुने बताइएको छ।