स्थानीय चुनावमा ३१ अर्ब खर्च हुने, सेना र पुलिसले मागे ११ अर्ब

शुक्रबार, फागुन २७, २०७३ साल,
काठमाडौं ।  स्थानीय तहको निर्वाचन गराउन मात्र ३१ अर्ब रुपैयाँ लाग्ने भएको छ ।

आउँदो वैशाख २९ गते स्थानीय तहको  निर्वाचन घोषणा गरेपछि सरकारले तत्काल निर्वाचन आयोगलाई १० अर्ब ३४ करोड रुपैयाँ उपलब्ध गराएको थियो । स्थानीय तहको निर्वाचनका लागि आयोग र सुरक्षा निकायबाट गरी ३१ अर्ब रुपैयाँ बजेट खर्च हुने अर्थ सचिव डा। शान्तराज सुवेदीले जानकारी दिए ।

“हामीले स्थानीय निर्वाचनमा २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेका थियौं,” अर्थसचिव सुवेदीले भने “सुरक्षाका लागि सेना र प्रहरीले थप ११ अर्ब रुपैयाँ बढी बजेट मागेका छन् । यो रकम दिनुपर्ने अवस्था छ ।”

उनले सुरक्षाका लागि थप म्यादी प्रहरी परिचालन गर्नुपरेकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग र सुरक्षा निकायबाट गरी हालसम्म ३१ अर्ब रुपैयाँ बजेट माग गरिएको स्पष्ट पारे । निर्वाचनका लागि वजेट अभाव हुन नदिका लागि सरकारले विशेष व्यवस्था गरेको पनि अर्थ सचिव सुवेदीले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411