​भारतीय एसएसबीको गोली लागेर कञ्चनपुरमा एक नेपालीको मृत्यु

बिहीवार, फागुन २६, २०७३ साल,
काठमाडौं । भारतीय एसएसबीले प्रहार गरेको गोली लागेर कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको छ ।  भारतीय प्रहरीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएको हो । 

बिहीबार बिहान १० बजेतिर भारतीय सीमातिर बढी माटो खनिएको विषयमा विवाद हुँदा एसएसबीले नेपालीमाथि गोली चलाएको थियो ।  

कन्चनपुर प्रहरीका अनुसार अहिले त्यस क्षेत्रको अवस्था सामान्य बनेको छ । भारतीय प्रहरीको गोली लागेर घाइते भएको गौतमको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका असई देव बहादुर चन्दले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411