​नचिनेका नम्बरबाट आएको फोन पत्ता लगाउने नेपाली एप, कसरी गर्ने डाउनलोड ?

बुद्धबार, फागुन २५, २०७३ साल,
काठमाडौं । तपाईको मोवाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट फोन आउँछ ? यदि यसरी अपरिचित नम्बरबाट फोन आउने गरेको छ भने यसको समाधान हुने भएको छ । अब अपरिचित नम्बरबाट आएको फोन पत्ता लगाउने एप सार्वजनिक गरिएको छ ।

कुनै नचिनेको नम्बरबाट आएको फोन हो वा सेभ नगरेको नम्बर, तपाइँले यो एप्स डाउनलोड गर्नुभयो भने फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्नुहुनेछ ।

तपाइँको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो । अब तपाइँ सिधै गुगल प्लेस्टोरमा गएर यस्तो एप्स डाउनलोड गर्न सक्नुहुनेछ ।

विश्व बजारमा एप्सको प्रतिस्पर्धा भैरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर ‘Nepal Caller : नेपाल कलर’ गुगल प्लेस्टोरमा राखिएको हो ।
अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको छ ।

कसरी गर्ने डाउनलोड ?
तपाईको मोबाइलमा रहेको गुगल प्ले स्टोरमा गएर ‘Nepal Caller : नेपाल कलर  सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सकिनेछ ।

डाउनलोडका लागि यो लिंकमा पनि जान सक्नुहुनेछ : https://goo.gl/Iix2LN

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411