​नारी दिवसको अवसरमा नेपाल टेलिकमको सहुलियत सेवा

बुद्धबार, फागुन २५, २०७३ साल,
काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियतमा प्रदान गर्ने भएको छ । 

कम्पनीको ‘प्रमोसनल अफर’ अन्तर्गत उक्त सेवाहरु उपलब्ध गराएको जनाएको हो । अफर बुधबारदेखि तीन महिनासम्म सञ्चालन हुने कम्पनीको भनाइ छ । 

अफर अन्तर्गत ‘फेसबुक प्याकेज’, ‘डे एण्ड नाइट डाटा प्याकेज’ र ‘नाइट डाटा प्याकेज’ रहेका छन् ।

फेसबुक प्याकेज अनुसार २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाइने गरी १ सय ‘एमबी’ डाटा उपलब्ध गराइने कम्पनीको भनाइ छ । 

त्यसैगरी ‘डे एण्ड नाइट डाटा प्याकेज’ अन्तर्गत सय रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजे सम्म ५ सय ‘एमबी’ र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १ सय ‘एमबी’ डाटा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराउने बताइएकोछ ।

‘नाइट डाटा प्याकेज’ अन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय ‘एमबी’ सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२ सय ‘एमबी’ डाटा १५ दिनसम्म उपभोग गर्न पाइने व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411