मेलम्चीको पानी चक्रपथ बाहिर पनि वितरण हुने

सोमबार, फागुन २३, २०७३ साल,
काठमाडौं  । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी चक्रपथभित्र तथा बाहिर पनि वितरण गर्ने बताएको छ ।

लिमिटेडको पाँचौ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले सो जानकारी दिएका हुन् । उनले ४० करोड लिटर पानीको माग रहेकोमा संस्थानको उत्पादन क्षमता औसत दैनिक ११।७ करोड लिटर मात्र रहेको बताए ।

यो वर्षमा थप तीनओटा ट्युवबेल निर्माण कार्य सम्पन्न हुने पनि उनले  बताए । त्यस्तै, सुक्खा मौसममा २१ ओटा ट्याङ्करबाट पानी अभाव क्षेत्रमा पानी वितरण गर्दै आएको पनि उनले उल्लेख गरे ।     

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मन्त्रालयले दशैँभित्र मेलम्चीको पानी दशैंको उपहारको रुपमा काठमाडौंमा वितरण गर्ने बताए । सयौँ वर्ष पुरानो पानी वितरण प्रणाली अहिले जटिल भएको उनले बताए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले मेलम्चीको चार किलोमिटर सुरुङ निर्माण कार्य बाँकी रहेको जानकारी दिए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411