अनलाइन मार्फत एक महिनामा जलविद्युतमा ७ अर्ब लगानी प्रतिवद्धता

बुद्धबार, फागुन १८, २०७३ साल,
काठमाडौं । जलविद्युतमा लगानी गर्न एक महिनामा ७ अर्ब रुपैयाँको प्रतिवद्धता आएको छ। सरकारले अनलाइन मार्फत जलविद्युतमा लगानी प्रतिवद्धता संकलन गर्न थालेको एक महिनामा सर्वसाधारणले ७ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता जनाएका हुन्।

उर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवि चटैयाका अनुसार मंगलबारसम्म ७ अर्ब १७ करोड रुपैयाँको लगानी प्रतिवद्धता प्राप्त भएको छ। बुधबार जल तथा उर्जा पत्रकारले गरेको कार्यक्रममा व्यक्तिगत रुपमा ३ अर्ब २५ करोड र संस्थागत रुपमा ३ अर्ब ९१ करोड रुपैयाँको प्रतिवद्धता आएको चटैयाले जानकारी दिए।

नेपालमा एक मेगावाट विजुली उत्पादन गर्न १० देखि १५ करोड लाग्ने हुनाले यो रकमबाट करिब ५० मेगावाट विजुली उत्पादन गर्न सकिने उर्जा मन्त्रालयका अधिकारीहरु बताउँछन्। उर्जा मन्त्री जनार्दन शर्माले नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत अनलाइनबाट लगानी प्रतिवद्धता संङ्कलन गरेका थिए।

निजी क्षेत्रका उर्जा उत्पादकहरुले भने सरकारको यो कार्यक्रमको आलोचना गरेका छन्। स्वतन्त्र उर्जा उत्पादक संघ ईपानका निवर्तमान अध्यक्ष खड्गबहादुर विष्टले हतारमा प्रतिवद्धता संङ्कलन गर्दा सर्वसाधारणमा वितृष्णा आउन सक्ने बताए। ु प्रोजेक्ट समेत छनोट गरिएको छैन थ्रीपी, फोरफीका कुरा छन्, तर हतारमा अनलाइनबाट प्रतिवद्धता लिन सुरु गरियोु उनले भने।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411