एडिबिले दियो १ अर्ब ऋण, २५ जिल्लामा खानेपानी आयोजना सञ्चालन हुने

बुद्धबार, फागुन १८, २०७३ साल,
काठमाडौं  । एशियाली विकास बैङ्कको सहयोगमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना २५ जिल्लामा सञ्चालन भएको छ ।

खानेपानी तथा ढल निकास विभागले एशियाली विकास बैङ्कको एक अर्ब २५ करोड ऋणमा २५ जिल्लामा आयोजना सञ्चालन गर्न लागेको हो ।

कार्यक्रम तनहुँ, इलाम, झापा, भोजपुर, सुनसरी, खोटाङ, उदयपुर, सिरहा, धनुषा, सर्लाही, दोलखा, नुवाकोट, रौतहट, चितवन, नवलपरासी, कपिलवस्तु, कास्की, रुकुम, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, बझाङ, डडेलधुरा र कञ्चनपुरमा सञ्चालन हुनेछ ।

विभागका उपसचिव अरुणकुमार सिम्खडाले ३० प्रतिशत जनश्रमदान र ७० प्रतिशत एशियाली विकास बैङ्कको सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।  उनले भने, ‘मुख्य सहर र राजमार्गका  बजारमा यो कार्यक्रम सञ्चालन हुनेछ ।’

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई आधारभूत खानेपानी पु¥याउने उद्देश्यका लागि दातृ संस्थामार्फत क्रृण लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । पहाडी क्षेत्रका बासिन्दाका लागि खोलाबाट मोटरले पानी तान्ने तथा तराईका बासिन्दाका लागि डिप ट्युवेलको व्यवस्था गरिएको बताए ।

हाल ८५ प्रतिशत जनताले खानेपानीको उपयोग गरिरहेका छन् । सन् २०१७ को अन्त्यसम्म सबै नेपालीलाई आधारभूत खानेपानी पु¥याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको राज्यमन्त्री खड्काले बताए ।  रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411