ग्रीन फ्लोरम्याक्सको ‘इन्स्टलर मीट-२०१७’

आईतवार, फागुन १५, २०७३ साल,
काठमाडौं । केडिया अर्गनाइजेशनको भगिनी संस्था ग्रीन फ्लोरम्याक्सको आधिकारिक बितरक आरआईपीएल इन्टरनेशनल प्रालिले ‘इन्स्नटलर मीट-२०१७’ आयोजना गरेको छ ।

जसमा इन्स्टलरहरुलाई विभिन्न साइजका काठका टुक्राहरुले कलात्मकरुपमा भुँई सजाउने पेशागत तालिमहरुबाट दिक्षित गरियो ।

केडिया अर्गनाइजेशनका प्रमुख अनिल केडियाको प्रमुख अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको हो । फिर्टसहरुको पेशागत दक्षता अभिवृद्धि गर्दै काठजन्य पदार्थहरुबाट कसरी ग्राहकका लागि स्तरीय मापदण्डमा कलात्मक बनोट तथा साज सजावट निकाल्ने उद्देश्यसहित कार्यक्रम भएको हो ।

कार्यक्रममा काठमाण्डौ उपत्यकाभित्रका ३५ जना छनौट भएका फिर्टसहरुको विशेष उपस्थिति थियो । केडिया अर्गनाइजेशनका निर्देशक आयुश केडियाको प्रत्यक्ष रेखदेख तथा निगरानीमा कार्यक्रम भएको हो ।

भारतीय कम्पनी ग्रीनप्लाइका इन्जिनियर गौरब दासले उनीहरुलाई तालिम दिएका थिए । उनले सौर्यको प्रकाशको दिशाको ख्याल गर्दै कसरी होशियारीपूर्वक काम गर्न सिकाएका थिए ।

कार्यक्रम इन्टेरियर डिजायनर सपना सापकोटा, आरआईपीएल इन्टरनेशनलका निर्देशक अजय घिरैया तथा कर्पोरेट मेनेजर राजकुमार शाहको पनि उपस्थिति थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411