​मोबाइल मर्मत गरेरै मासिक ५० हजार आम्दानी

आईतवार, फागुन १५, २०७३ साल,
काभ्रे । उग्रचण्डी नाला गाविस–२ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । 

इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले आफूले पढेको विषयलाई व्यवहारमा उतार्नु भएको हो । उनले आफ्नो घरमै इलेक्ट्रोनिक पसल सञ्चालन गरेका छन् ।

पढेको कुरालाई व्यवहारमा उतार्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिने २४ वर्षीय श्रेष्ठ बताए । ‘नेपालमै मनग्य आम्दानी गर्न सकिने सम्भावना छ, आफ्नो पढाइप्रतिको असन्तुष्टिका कारण दिनहुँ युवा विदेशीने गरेका छन्,’ उनले भने पाँच वर्षअघि मैले रु आठ हजार लगानी गरी यो पसल सञ्चालन गरेको हूँ ।’ 

आठ हजारमा पसल सञ्चालन गर्नुभएका श्रेष्टको अहिले पाँच लाख रुपैयाँ बराबरको सम्पति छ सुरुमा उहाँको पसलमा थोरै ग्राहक आउने गरे पनि चित्त बुझ्दो काम गरेपछि अहिले श्रेष्ठलाई काममा भ्याइनभ्याइ छ । ‘काम गरे पुँजी सङ्कलन हुँदैजान्छ, लगानीको खासै समस्या हुन्न ।’

‘पहिला सामान्य खर्चका लागि समेत घरपरिवारमाथी निर्भर हुनुपथ्र्यो, अहिले परिवारको पूरै खर्च मैलै नै धान्दै आएको छु’ श्रेष्ठले भने । पसलमा आउने ग्राहकलाई उनी प्राविधिक पढ्न सल्लाह दिने गर्छन । आफ्नो बहिनीलाई समेत ब्यूटिपार्लर सम्बन्धी अध्ययन गराइरहेका छन। इलेक्ट्रोनिक पसललाई नै विस्तृत रूपमा अगाडि बढाउने श्रेष्ठको योजना छ । गाउँका अन्यलाई समेत सो सम्बन्धी तालिम दिएर स्वरोजगार बनाउने उनको योजना छ । 

हाल श्रेष्ठले मोबाइलको चार्जर, सोलार चार्जर र मोबाइलमा राख्ने प्रोटेक्टेक्सन ग्लास समेत आफैले बनाउन थाल्नुभएको छ । नेपालमा नै प्राविधिक विषय पढेर इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका उनले नेपालमा नै आफूले अवसर खोज्न सके प्रशस्तै सम्भावना रहेको बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411