​डेनिस राजकुमारद्धारा लघु जलविद्युत् आयोजनाको अवलोकन

आईतवार, फागुन १५, २०७३ साल,
काभ्रे । डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दिमार क्रिस्चियनले शनिबार  काभ्रेपलाञ्चोकको भीमखोरी गाविसस्थित करमडाँडा लघु जलविद्युत् आयोजनाको अवलोकन गरेका छन् ।  

नेपालको अनौपचारिक भ्रमणमा आएका उनले सो लघु जलविद्युत् आयोजनाबाट सञ्चालन भएको पानीघट्ट र मिलका बारेमा समेत विस्तृत जानकारी लिँदै जलविद्युत् आयोजनाबाट पानीघट्ट र मिल सञ्चालन गरेर स्थानीयवासीलाई जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि प्रभावकारी काम भएको बताए ।  

जलविद्युत् आयोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जिविस, काभ्रेपलाञ्चोक, भीमखोरी गाविसलगायतले २०६७ साल भदौमा सञ्चालनमा ल्याएका थिए । सत्र किलोवाट क्षमताको सो जलविद्युत् आयोजनाबाट एक सय ७१ घरमा बिजुलीको सुविधाबाट स्थानीयवासी लाभान्वित भएका छन् । डेनिस राजकुमार केयर नेपालले सञ्चालन गरेको कामको अवलोकन गर्न सिन्धुलीको झाँगाझोली समेत पुगेका थिए । 

केयर नेपाल र डेनिस राजदूतावासको निमन्त्रणामा उनी शुक्रबार नेपाल आएका हुन् ।  रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411