​बुधबार नेप्से साढे २ अंकले घट्यो, करोबार १८ करोड रुपैयाँ

बुद्धबार, चैत्र ११, २०७१ साल,
काठमाडौं । साताको पहिलो दिनदेखि नै घट्न लागेको नेप्से बुधबार पनि सुध्रिएन् । दिनभरको कारोबारमा नेप्से परिसूचक २.५५ अंकले घटेर ९५१.२९ अंकमा रोकियो ।

नेप्से बुधबार ९४८ अंकसम्ममा ओर्लिएर थामिएको हो । तीन दिन लगातार झरेको इन्स्योरेन्स र टेलिकम अंकित अन्य समूह बाहेकको सूचक घटेको छ । होटल, बाणिज्य बैंक समूह, उत्पादनमुलक समूह, फाइनान्स र विकास बैंक समूहको परिसूचक घटेको छ ।

कारोबार रकममा पनि सुधार देखिएन । मंगलबार २१ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार जम्मा १८ करोड रुपैयाँमा सीमित भयो ।

केही विकास बैंक र इन्स्योरेन्सका लगानीकर्ताले बजार घट्दा पनि कमाएका छन् । हकप्रद सेयर दिने भएको कारण एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले प्रतिकित्ता २१ रुपैयाँका दरले कमाएका छन् । नेपाल लाईफ इन्स्योरेन्सको सस्थापक सेयरको मुल्य प्रतिकित्ता एक सय ९२ रुपैयाँका दरल े बढेको छ ।

साहारा विकास बैंक, कालिका माइक्रो फाइनान्स, समिट माइक्रो फाइनान्सलगायतका सस्थाका सेयर लगानीकर्ताले कमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411