नेपाल टेलिकमले ८ अर्ब रुपैयाँ लाभांश बितरण गर्ने

आईतवार, फागुन ८, २०७३ साल,
काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

टेलिकमको हाल बसेको सञ्चालक समिति ७०७ औं बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव टेलिकमको आउदो फागुन ३० गतेको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

गत आर्थिक वर्षमा टेलिकमले १३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस्तै चालु आवको ६ महिनामा पनि टेलिकमको नाफा झण्डै ८ अर्ब रुपैयाँ रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत मध्ये सबैभन्दा बढी नाफा गर्ने नेपाल टेलिकम भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411