‘विद्यालय क्षेत्र विकास कार्यक्रम’का लागि बीस अर्ब ऋण आउने

मंगलवार, फागुन ३, २०७३ साल,
काठमाडौँ,  सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ (एसएसडिपी) का लागि विश्व बैंकबाट प्राप्त हुने २० अर्ब रुपैयाँ ऋण ग्रहण गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो ऋणका सम्बन्धमा वार्ता गर्न एक टोली गठन गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। शिक्षा मन्त्रालय सात वर्षका लागि विद्यालय क्षेत्रको सुधारको निरन्तरताका लागि सो कार्यक्रम सञ्चालन गरिरहेको छ।

मन्त्री कार्कीले तत्कालीन माओवादी सेनाको लडाकू शिविर रहेको चितवनको शक्तिखोरमा एक औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको पनि बताए।

बैठकले डडेल्धुराको आलिताल–२, ३, ४ र ८ मा धनीपुर्जा पाइसकेका सुकुम्बासीको घरको छेउमा १२८ रूख ढल्ने र आगलागी हुन सक्ने भएकाले कटान गरी लिलामी गरेर राजस्व दाखिला गर्ने निर्णय गरेको छ।

यस्तै जीवित कुमारी, गणेश र भैरवको मासिक तथा निवृत्तीभरणमा ५० प्रतिशत वृद्धि गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले बताए। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411