एनसेलबाट फेसबुक चलाउन अब निशुल्क

मंगलवार, फागुन ३, २०७३ साल,
काठमाडौं । एनसेलले फेसबुक चलाउन निशुल्क गरेको छ। फेसबुकसँगको सहकार्यमा मंगलबार राति १२ बजेदेखि निशुल्क व्यवस्थालाई लागू गरिने एनसेलले जनाएको छ।
 
फेसबुकबाट फोटो अपलोड गर्न, स्टाटस राख्न तथा लाइकमा निशुल्क गरिने भएको कम्पनीले जनाएको छ। च्याट गर्दा भने तोकिएको शुल्क कटौती हुने बताइएको छ। 
 
एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’थिमअन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको हो। 
 
प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजरबाट फेसबुक मा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् ।   एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’  बटन स्वतः देखिने छ । यो बटन  क्लिकगर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउजगर्न सक्नेछन । 
 
यो नयाँ योजना एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्नानाइ ग्रेनले संयुक्तरुपमा सार्वजनिक गरेका थिए । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411