ऊर्जामन्त्री पुगे पश्चिम सेती आयोजना प्रभावित क्षेत्रमा, आयोजना बन्नेमा ढुक्क हुन स्थानीयलाई आग्रह

सोमबार, फागुन २, २०७३ साल,
डोटी । ऊर्जामन्त्री जनार्दन शर्माले आइतवार पश्चिम सेती जलविद्युत् परियोजना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।  

मन्त्री शर्मालाई पश्चिम सेतीबाट प्रभावित हुने डोटी, बैतडी, बझाङ र डडेल्धुराका बासिन्दाले स्वागत गरेका थिए । बैतडीको ढुङ्गाढमा आयोजित स्वागत कार्यक्रममा मन्त्री शर्माले पश्चिम सेती आयोजना बन्नेमा ढुक्क हुन प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरे ।

‘आयोजनाका विषयमा सरकार गम्भीर छ, तपाईहरु ढुक्क हुनुस्, पश्चित सेती बन्छ’– उनले भने । आयोजना निर्माणका क्रममा आउनसक्ने सम्पूर्ण अवरोध सरकारले हटाएको तथा शेयरको विषयमा टुङ्गो लागिसकेको मन्त्री शर्माले बताए । विस्थापितलाई उचित मुआब्जा उपलब्ध गराएर सुविधा सम्पन्न सहरमा पुनःस्थापना गरिने उनको भनाइ थियो ।

मन्त्री शर्माका साथमा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्ट र ऊर्जा सचिव अनुपराज उपाध्याय रहेका थिए । उक्त अवसरमा प्रभावित क्षेत्रका बासिन्दाले पश्चिम सेती परियोजना निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए । उनीहरुले आफूहरु सो परियोजना बन्नेमा आशावादी रहेको बताएका थिए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411