महिला सहयात्राले नाफा २४ प्रतिशतले बढायो

बुद्धबार, माघ २६, २०७३ साल,
काठमाडौं । महिला सहयात्रा माईक्रोफाइनान्सको दोस्रो त्रैमासमा खुद मुनाफा २३ दशमलव ९९ प्रतितशले वृद्धि गरी ४५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३६ लाख रुपैयाँ पुगेको थियो ।

११ करोड रुपैयाँ चुक्ता पूँजी भएको महिला सहयात्रा माईक्रोफाइनान्स ९ःक्ःद्यक्० ले जगेडाकोषमा २ करोड २१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९० दशमलव ६४ प्रतिशतले वृद्धि गरी ५ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ ।

कर्जामा ३५ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७९ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको हो । यसको खुद व्याज आम्दानी ३५ दशमलव ५२ प्रतिशतले बढेर २ करोड १२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८ दशमलव ६८ प्रतिशतले बढेर ६३ लाख रुपैयाँ पुगेको छ ।

महिला सहयात्रा माईक्रोफाइनान्सको निष्कृय कर्जा ३ दशमलव ६२ प्रतिशत, जोखिम युक्त सम्पत्ति ३३ दशमलव ४५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ८ दशलमव ३३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७९ दशलमव ८६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १० रुपैयाँ र तरलता अनुपात ५० प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411