टेलिकमको फोरजी आइफोनमा चल्न थाल्यो, जापान र कोरियाबाट ल्याएकामा भने नचल्ने

मंगलवार, माघ २५, २०७३ साल,
काठमाडौं । नेपाल टेलिकमको फोरजी आइफोनमा चल्ने भएको छ। यसअघि आफोनले टेलिकमको लोकेशन कोड इनेबल नगरेकोले केही फोनहरुमा चलेको थिएन।  
 
आजदेखि टेलिकमको कफोरजी आइफोनका फोरजी चल्ने सबै संस्करणहरुमा फोरजी चल्ने टेलिकमले जानकारी दिएको छ।
 
गएको पुस १७ गतेदेखि काठमाडौं र पोखराबाट नेपाल टेलिकमले पोष्टपेड सिमकार्डमा फोरजी सेवा सुरु गरेको थियो भने माघ २२ देखि प्रिपेडमा। तर पनि एप्पलले प्राइभेसी सम्झौतापछिमात्र टेलिकमको नेटवर्कलाई आफ्ना उत्पादनमा इनेबल गर्ने बताएपछि फोरजी चलेको थिएन।
 
यद्यपी यस अघि यो सेवा आइफोन फाइभ संस्करणका फोनहरुमा भने चलेको थियो। एप्पलसँग सम्झौता भएपछि अब आइफोन सिक्स,सिक्स एस, सेभेन र सेभेनप्लसमा टेलिकमको फोजी नेटवर्क चल्ने टेलिकमले जानकार िदिएको छ।  
 
 तर जापान र कोरियाको लागि भनेर बनाइएका तथा त्यहाँबाट नेपाल ल्याइएका फोनमा नेपाल टेलिकमको फोरजी चल्ने छैन।
 
आइफोनले ति देशका टेलिकम सेवा प्रदायकसँग मात्र बन्डलिङ गरेर मात्र फोन पठाउने भएकोले नेपालमा नचल्ने देखिएको टेलिकमका अधिकारीहरुले जानकारी दिएका छन्।
 
एप्पलले जापान र कोरियाका लागि फोन निर्यात गर्दा त्यहाँका सेवाप्रदायकको नेटवर्कलाईमात्र बन्डल गरेर पठाउने भएको र एप्पलले एक देशको लागि भनेर निर्माण तथा निर्यात गरेको अर्को देशलाई प्रयोग गर्न नदिने भएकोले ति फोनहरुमा ने नेपालमा फोरजी नचल्ने बताइएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411